काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सफलतापूर्वक सम्पन्न गरेको छ।
कम्पनीले गत जेठ तथा असार महिनामा सञ्चालन गरेको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई तीनदिने धार्मिक तथा पर्यटकीय यात्रामा सहभागी गराएको हो।
यात्राका क्रममा सहभागी डिलरहरूले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ, कागबेनीलगायत विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिए। यात्राले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको अवलोकन र डिलरहरूबीच आपसी सद्भाव तथा सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आफ्ना व्यावसायिक साझेदारहरूको योगदानको सम्मान गर्दै उनीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। डिलरहरूलाई व्यावसायिक साझेदारका साथै गुणस्तरीय उत्पादन उपभोक्तासम्म पुर्याउने महत्वपूर्ण सहयात्रीका रूपमा लिँदै आएको कम्पनीको भनाइ छ।
नेपालका अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक अर्घाखाँची सिमेन्टले गुणस्तर, नवीनता र दिगोपनलाई प्राथमिकता दिँदै उत्पादन तथा सेवा विस्तार गर्दै आएको छ। वार्षिक १० लाख मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले आधुनिक प्रविधि, गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन र वातावरणमैत्री अभ्यासमार्फत निर्माण क्षेत्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।
कम्पनीले उत्पादन प्रक्रियामा डेनिस भर्टिकल रोलर मिल (भीआरएम) प्रविधि तथा वेस्ट हिट रिकभरी सिस्टम (डब्लूएचआरएस) प्रयोग गर्दै उत्पादन क्षमता र ऊर्जा दक्षता अभिवृद्धि गरेको छ। त्यस्तै, धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ईएसपी) प्रणाली अपनाएर स्वच्छ तथा सुरक्षित कार्य वातावरण कायम गर्ने प्रयास गरेको जनाएको छ।
‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ ले कम्पनी र डिलरहरूबीचको व्यावसायिक सहकार्यलाई थप आत्मीय, विश्वासपूर्ण र मजबुत बनाएको कम्पनीको विश्वास छ। आगामी दिनमा पनि व्यावसायिक साझेदारहरूसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य, सम्मान र साझा सफलताका कार्यक्रमलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।
‘अर्घाखाँची सिमेन्ट–बलियो सम्बन्ध, बलियो विश्वास’ भन्ने नारासहित कम्पनीले व्यावसायिक साझेदारसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने रणनीतिलाई निरन्तरता दिने जनाएको छ।