२०८३ मंसिर ४ बिहिबार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ४७ करोड मौज्दात, बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
399
Shares
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ४७ करोड  मौज्दात, बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी

काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ।

कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रूपैयाँ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रूपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij