२०८३ मंसिर ४ बिहिबार

पूर्वाधार विकास मन्त्रालयले ७ इन्जिनियरलाई सेवाबाट हटायो

ई आर्थिक    बुधबार, मंसिर ३ २०८३
418
Shares
पूर्वाधार विकास मन्त्रालयले ७ इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित रहेको कसुरमा नेपाल इन्जिनियरिङ सेवाका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

मन्त्रालयले २०८३ मंसिर २ गते सूचना प्रकाशित गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूह, राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको हो।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) मा उल्लेखित कसुर गरेको भन्दै ऐनको दफा ५९ को खण्ड (ख)(१) बमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको हो। उक्त निर्णय २०८३ कात्तिक २० गते भएको मन्त्रालयले जनाएको छ।

सेवाबाट हटाइएकाहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा, रमेश प्रसाद पौडेल र पदमेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्।

मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार केही कर्मचारी कार्यालयमा हाजिर नभएको र केही कर्मचारी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन्।

सूचनामा पुजन न्यौपानेसहितका कर्मचारीमाथि कार्यालयमा हाजिर नभएको तथा पदमेन्द्र प्रसाद श्रेष्ठमाथि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको कसुर उल्लेख गरिएको छ।

मन्त्रालयले उनीहरूलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको व्यहोरा सार्वजनिक जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij