काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
थापाले नेपाली क्रिकेटले वर्तमान अवस्थामा आइपुग्न लामो संघर्ष, मेहनत र समर्पण गरेको उल्लेख गर्दै नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको भूमिकाको प्रशंसा गरेका छन्।
सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने सबैलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा टोलीको सफलताको कामना गरेका छन्।