काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि स्थापना गरिएको कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न बैंकका खातामा गरी कोषको कुल मौज्दात रकम १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ पुगेको छ।
कार्यालयका अनुसार दैवी प्रकोप उद्धार कोषका लागि तोकिएका नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ जम्मा भएको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढीपीडितको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि स्थापना गरिएको कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ। कोषमा जम्मा भएको रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उपयोग गरिने अपेक्षा गरिएको छ।