२०८३ कार्तिक ३ सोमबार

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव, ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको पहल

ई आर्थिक    सोमबार, कार्तिक ३ २०८३
228
Shares
युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव, ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको पहल

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर वार्ता गर्ने प्रस्ताव अघि सारेका छन्।

द वाल स्ट्रिट जर्नल का अनुसार, पुटिनले अक्टोबर ९ मा अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा यस्तो प्रस्ताव राखेका हुन्। प्रस्तावअनुसार आगामी महिना चीनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा तीनै नेताबीच भेटवार्ता गराउने विषयमा छलफल भइरहेको छ।

प्रस्तावित त्रिपक्षीय वार्ताको मुख्य उद्देश्य युक्रेनमा जारी युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल गर्नु रहेको बताइएको छ। विश्वका तीन प्रमुख शक्तिका नेताबीच हुन सक्ने यस्तो भेटवार्तालाई युद्ध समाधानका लागि कूटनीतिक पहलका रूपमा हेरिएको छ।

यद्यपि, त्रिपक्षीय शिखर वार्ताको औपचारिक मिति, एजेन्डा तथा तीनै नेताको सहभागिताबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। वार्ता भएमा युक्रेन युद्धको समाधान खोज्ने अन्तर्राष्ट्रिय प्रयासमा यसले कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij