२०८३ असोज २८ बुधबार

भरतपुरमा ६२२ सीसी क्यामेरा जडान, प्रहरीको कन्ट्रोल रुमबाट निगरानी

ई आर्थिक    बुधबार, असोज २८ २०८३
703
Shares
भरतपुरमा ६२२ सीसी क्यामेरा जडान, प्रहरीको कन्ट्रोल रुमबाट निगरानी

चितवन । भरतपुर महानगरपालिकाका राजमार्ग, बजार तथा संवेदनशील क्षेत्रलाई सीसी क्यामेराको निगरानीमा राखिएको छ।

महानगरपालिका र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा ४१८ वटा नयाँ सीसी क्यामेरा जडान गरिएसँगै यसअघि जडान गरिएका २०४ वटा पुराना क्यामेरासमेत समेटेर कुल ६२२ वटा क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो।

जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम स्थापना गरी निगरानी सुरु गरिएको छ। क्यामेराको अनुगमनका लागि १० जना प्रहरीलाई तालिमसमेत दिइएको छ। पूर्व–पश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डमा गति मापन तथा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली जडान गरिएको छ।

महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट क्यामेरा जडानमा मूल्य अभिवृद्धि करसहित ५ करोड ५८ लाख २० हजार ६५९ रुपैयाँ खर्च गरेको जनाएको छ। क्यामेरा जडानले ट्राफिक नियम उल्लङ्घन, सवारी दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ।

महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नागरिकको सुरक्षा र सहरी क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न क्यामेरा जडान गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij