२०८३ असोज २८ बुधबार

काठमाडौंका सडकमा सडक सुरक्षा सुधारिँदै, रातिको समयमा मार्किङको काम

ई आर्थिक    बुधबार, असोज २८ २०८३
551
Shares
काठमाडौंका सडकमा सडक सुरक्षा सुधारिँदै, रातिको समयमा मार्किङको काम

काठमाडौं । राजधानीका सडकमा ट्राफिक व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन सडक सुरक्षा सुधारका काम अघि बढाइएको छ।

सडकमा ट्राफिक संकेत, सडक मार्किङ तथा अन्य आवश्यक सडक सुरक्षा पूर्वाधार निर्माणको काम भइरहेको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

दिउँसोको समयमा सवारी आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले सडक मार्किङको काम राति ९ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन भइरहेको छ।

सडकमा स्पष्ट ट्राफिक संकेत र व्यवस्थित मार्किङले चालक तथा पैदलयात्रीलाई आवागमनमा सहजता प्रदान गर्नुका साथै सम्भावित सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सडक सुरक्षा पूर्वाधार सुधारमार्फत काठमाडौंको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र सुरक्षित बनाउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij