२०८३ असोज २८ बुधबार

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

ई आर्थिक    मंगलबार, असोज २७ २०८३
874
Shares
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (World Bank Group) र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै हुनुहुन्छ।

अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विश्वभरका अर्थमन्त्री तथा आर्थिक क्षेत्रका उच्च अधिकारीहरू सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनुहुनेछ।

नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध तथा विकास साझेदारीलगायतका विषयमा विभिन्न देशका प्रतिनिधि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरूसँग छलफल गर्ने अवसरका रूपमा उक्त बैठकलाई लिइएको छ।

अर्थमन्त्री वाग्लेसँगै बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जाने कार्यक्रम रहेको छ।

अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij