काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवामा कार्यरत उपसचिवहरूको एकसाथ सरुवा गरेको हो ।
सरुवा हुने कर्मचारीमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल रहेका छन् ।
त्यस्तै डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि सरुवा गरिएको छ ।
सरुवा सूचीमा हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव पनि छन् ।
त्यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईं, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको समेत सरुवा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारी व्यवस्थापनका आधारमा उपसचिवहरूको सरुवा गरेको हो ।