२०८३ असोज १९ सोमबार

१ रुपैयाँका ४० करोड नयाँ सिक्का निर्माणका लागि राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

ई आर्थिक    आइतबार, असोज १८ २०८३
722
Shares
१ रुपैयाँका ४० करोड नयाँ सिक्का निर्माणका लागि राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का निर्माण तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकले सिक्काको डिजाइन, छपाइ तथा नेपालसम्म आपूर्तिको सम्पूर्ण कार्य गर्न इच्छुक अन्तर्राष्ट्रिय कम्पनीहरूबाट बोलपत्र प्रस्ताव माग गरेको हो।

बोलपत्रमा सहभागी हुन इच्छुक योग्य कम्पनीहरूले आगामी नोभेम्बर २ तारिखसम्म थापाथलीस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा आफ्नो प्रस्ताव दर्ता गराउन सक्नेछन्।

प्रतिस्पर्धामा सहभागी हुने कम्पनीहरूले २० हजार रुपैयाँ, १३१ अमेरिकी डलर वा ११५ युरो धरौटी रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्र प्रक्रियाबाट छनोट हुने कम्पनीले १ रुपैयाँ दरका सिक्काको डिजाइन तयार गर्नेदेखि छपाइ र नेपालसम्म आपूर्ति गर्नेसम्मको सम्पूर्ण जिम्मेवारी पूरा गर्नुपर्नेछ।

राष्ट्र बैंकले आवश्यक गुणस्तर तथा निर्धारित मापदण्ड पूरा गर्ने कम्पनीलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij