२०८३ असोज १५ बिहिबार

एक महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

ई आर्थिक    बिहिबार, असोज १५ २०८३
399
Shares
एक महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन बढेको हो।

गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए। यस वर्षको सेप्टेम्बरमा पर्यटक आगमन ९ हजार ५३७ ले बढेको छ।

सेप्टेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली मुलुकको रहेको छ। दक्षिण एसियाबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन्।

दक्षिण एसियाबाट आउने पर्यटकमा भारतीय नागरिकको सङ्ख्या सबैभन्दा धेरै छ। सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल आएका छन्। त्यस्तै श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११, पाकिस्तानबाट ४२९, माल्दिभ्सबाट ४८ र अफगानिस्तानबाट ८ पर्यटक नेपाल भित्रिएका छन्।

अन्य एसियाली मुलुकबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्। तीमध्ये चीनबाट ११ हजार २१२, जापानबाट २ हजार ६६, दक्षिण कोरियाबाट १ हजार ४१२, थाइल्याण्डबाट ६०१ र भियतनामबाट ६३७ पर्यटक आएका छन्।

त्यस्तै, युरोपेली मुलुकबाट १५ हजार १४८, ओसियाना क्षेत्रबाट ५ हजार ४२२, अमेरिकी मुलुकबाट १० हजार १०७, मध्यपूर्वबाट २ हजार ६०६ र अफ्रिकी मुलुकबाट ४ हजार ५६८ पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमन गत वर्षको तुलनामा बढे पनि रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण सेप्टेम्बरमा अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बाढीका कारण सिर्जित अवस्थाले पर्यटन क्षेत्रमा समेत प्रभाव पारेको बोर्डको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij