२०८३ साउन १० आइतबार

अघोषित लोडसेडिङ अन्त्य गर्न मोरङ उद्योग व्यापार संघको आग्रह

ई आर्थिक    बिहिबार, असार २५ २०८३
608
Shares
अघोषित लोडसेडिङ अन्त्य गर्न मोरङ उद्योग व्यापार संघको आग्रह

विराटनगर ।  मोरङ उद्योग व्यापार संघले विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरण मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ।

वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि संघले पटक-पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको उल्लेख गरेको छ।

संघका अध्यक्ष राठीले विद्युत नियमित नहुँदा प्लास्टिक, स्टील, सिमेन्ट, खाद्य र रासायनिक पदार्थ उत्पादनमा कच्चापदार्थ जम्नगइ डढ्ने र उत्पादन पूर्णरूपमा खेर जाने बताए।

उनले विद्युत आपूर्तिमा देखिएका समस्याले उद्योगीमा चरम निराशा पैदा गरेको जानकारी दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij