२०८३ साउन १२ मंगलबार

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार १०० र चाँदी ९० रुपैयाँले घट्यो

ई आर्थिक    बिहिबार, जेष्ठ २८ २०८३
1.1K
Shares
सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार १०० र चाँदी ९० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजार  आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा पाँच हजार १०० र चाँदी ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ६५० निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी चार हजार ७४० मा कारोबार भएको थियो ।

गत मङ्गलबार एक तोला सुन तीन लाख एक हजार ९०० र चाँदी चार हजार ९२५ मा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij