काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ( पहिलो संसोधन) अध्यादेश २०८३ जारी गर्नुभएको छ।
सरकारले दोस्रोपटक सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपतिले मंगलबार जारी गर्नुभएको हो। यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेको सोही अध्यादेश राष्ट्रपति पौडेलले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको थियो।
तर, सरकारले कुनै संशोधन नगरी पुनः सोमबार उही अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गर्नुभएको हो ।
अध्यादेश जारी भएसँगै संवैधानिक परिषद्सम्बन्धी व्यवस्था र कार्यप्रणालीमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।
अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था भएको छ ।
