काठमाडौं। सर्वोच्च अदालतले व्यवसायी तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्र थुनामा राख्न अनुमति दिएको हो।
न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अधिकारीले उनलाई थुनामा राख्न अनुमति लिएको प्रक्रिया खारेज गर्दै, धरौटी वा जमानतमा छाड्न सकिने अवस्था भएमा उनलाई तुरुन्तै रिहा गर्न सकिने बताएका छन्।
उनी गत ११ वैशाखमा पक्राउ परेका थिए।