२०८३ साउन ११ सोमबार

नेपाल लाइफद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्दै

ई आर्थिक    आइतबार, बैशाख २० २०८३
1.9K
Shares
नेपाल लाइफद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

“Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ।

स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म कमलादी स्थित कम्पनीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।

त्यसैगरी, रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित हेरिटेज प्लाजामा आयोजना गरिनेछ। साथै सोही दिन देशभरका सातै प्रदेशमा समेत रक्तदान कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस कार्यक्रमको उद्देश्य स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्‍याउनु हो। कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij