ई–आर्थिक, काठमाडौं । उद्योगी अस्मिनकुमार राउतले आत्मदाहको प्रयास गरेका छन् । ५० बर्षिय राउतले काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरको भान्साकोठामा आत्मदाहको प्रयास गरेका हुन् । श्रीमती र छोरासँगै बस्दै आएका राउतले कोही नभएको अवस्थामा शनिबार विहान ७ बजे आत्मदाहको प्रयास गरेको पारिवारिक स्रोतले जानकारी दिएका छ ।
६० प्रतिशत जलेको अवस्थामा उनलाई उद्दार गरी अस्पताल पु¥याइएको उनका भाई दिपक राउतले जानकारी दिए । दयनीय अवस्थामा राउतको बीर अस्पालमा उपचार भइरहेको उनको भनाई छ ।
केही समयअघि भारतमा उपचार गराएर फर्केका उनी स्वास्थ उपचार पछि ‘बेड रेस्ट’मा थिए ।
उनले आत्मदाहको प्रयास गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।
निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका छन् । उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालिका नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले ‘निओन ब्राण्ड’का होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताका कार्य गर्दै आएको छ ।
सिराहको पक्किटोलमा समेत घर रहेका राउतको पुर्खौली उदयपुरसँग जोडिएको छ ।
लामो समयदेखि समाजसेवामा जोडिएका उनी राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष समेत हुन । ‘अस्मिन राउतजीको यस्तो खबरले समाज र आफूलाई मर्माहत र स्तब्ध बनाएको छ ।’ राउत क्षेत्र सेवा समाज नेपालका का.बा. अध्यक्षको समेत जिम्मेवारी लिएका हरिकृष्ण राउतले भने– ‘ब्यक्तिगत र समाजको तर्फबाट उहाँलाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।’
‘उनको अवस्था बुझ्न अस्पताल गइरहेका छौं ।’ उनले भने– ‘अवस्था बुझेपछि उनको थप स्वास्थ्यलाभको कामना गर्न समाजको केन्द्रीय कार्यसमितको बैठक छिट्टै डाकिने छ ।’