२०८३ भाद्र ३० मंगलबार

क्लासिकटेकको नयाँ अफर: १ वर्ष जडानमा ४ वर्षसम्म आईपीटीभी सेवा

ई आर्थिक    बिहिबार, बैशाख १७ २०८३
969
Shares
क्लासिकटेकको नयाँ अफर: १ वर्ष जडानमा ४ वर्षसम्म आईपीटीभी सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले ग्राहकलाई लक्षित गर्दै आकर्षक नयाँ अफर सार्वजनिक गरेको छ। ‘एक वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्’ नामक यस योजनाअन्तर्गत ग्राहकले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेट जडान गर्दा ४ वर्षसम्म IPTV सेवा निःशुल्क पाउनेछन्।

कम्पनीका अनुसार यस अफरमा WiFi 6 राउटरसमेत निःशुल्क उपलब्ध गराइनेछ। दैनिक करिब ४० रुपैयाँको दरमा वार्षिक रूपमा जडान गर्न सकिने यो योजनामा एचडी तथा एसडी प्रिमियम च्यानलहरू समावेश गरिएको छ। जसमा इतिहास, मनोरञ्जन, बालबालिका तथा खेलकुदलगायतका सयौं टिभी च्यानल हेर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सामान्यतया यस सेवाको मासिक शुल्क करिब ५०० रुपैयाँ पर्ने भए पनि अफरअन्तर्गत ग्राहकले करिब २०३ रुपैयाँमै सेवा लिन सक्नेछन्। तीन वर्षको IPTV बोनसमार्फत ग्राहकले करिब ७ हजार ३२२ रुपैयाँ बराबरको लाभ पाउने दाबी गरिएको छ।

कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै १ वर्ष इन्टरनेट तथा IPTV जडानमा ३ वर्षसम्म निःशुल्क सेवा उपलब्ध गराउने योजना ल्याइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij