काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको नयाँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रहेका पौडेललाई बढुवा गरी सशस्त्र प्रहरी प्रमुख (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पौडेल सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त भएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको हो ।
अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।