२०८३ साउन १२ मंगलबार

गण्डकी उद्योग व्यापार महासंघको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत चयन

ई आर्थिक    आइतबार, बैशाख १३ २०८३
1.3K
Shares
गण्डकी उद्योग व्यापार महासंघको अध्यक्षमा अर्जुन चोखाल सर्वसम्मत चयन

बागलुङ (गलकोट) : नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल सर्वसम्मत रूपमा चयन भएका छन् ।

बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले चोखालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना चयन भएका छन् भने उपाध्यक्षहरूमा गोकुलप्रसाद कँडेल, वालकृष्ण कोइराला, नारायण श्रेष्ठगोपाल सुर्खाली रहेका छन् । महिला उपाध्यक्षमा जमुना अधिकारी चयन भएकी छन् ।

महासचिवमा राजेन्द्र शर्मा, उपमहासचिवमा रामकृष्ण भट्ट, कोषाध्यक्षमा मोतीलाल पौडेल र सहकोषाध्यक्षमा दशरथ गैरे चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा गगनबहादुर पुन मगर, प्रेम गिरी, धनश्याम न्यौपाने, टेकप्रसाद सापकोटा, कृष्णबहादुर खत्री, गिता खड्का, थुमा कुमारी पौडेल अधिकारी, सोनम थापा क्षेत्रीप्रेम प्रसाद शर्मा चयन भएका छन् ।

हाल २० सदस्य चयन भइसकेका छन् भने बाँकी सदस्य थपिँदै पूर्ण ३१ सदस्यीय कार्यसमिति गठन गरिने जनाइएको छ। नवनिर्वाचित कार्यसमितिले समावेशी, पारदर्शी र परिणाममुखी ढंगले संगठनलाई अघि बढाउँदै व्यवसायीहरूको हकहित संरक्षण तथा प्रदेशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

निर्वाचन समितिका संयोजक गोविन्द वझाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij