२०८३ साउन १२ मंगलबार

मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले बढ्यो, यस्तो छ वित्तीय अवस्था

ई आर्थिक    बुधबार, बैशाख ९ २०८३
1.6K
Shares
मञ्जुश्री फाइनान्सको नाफा २८ प्रतिशतले बढ्यो, यस्तो  छ वित्तीय अवस्था

काठमाडाैं।   मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

सार्वजनिक विवरण अनुसार फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १७ करोड ११ लाख रुपैयाँको तुलनामा २७.९३ प्रतिशतले बढी हो।

कम्पनीको नाफा वृद्धिमा खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढ्नु र इम्पेरमेन्ट चार्ज १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित हुनु प्रमुख कारण रहेको देखिन्छ।

समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा १०.२९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानीमा १०.१५ प्रतिशतको सुधार आएको छ। साथै, खुद फि तथा कमिशन आम्दानी पनि २.९५ प्रतिशतले वृद्धि भएको छ।

चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २१ रुपैयाँ ६० पैसा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ७१ पैसाले बढी हो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा र मूल्य–आम्दानी अनुपात (P/E) ३८.८४ गुणा कायम भएको छ।

वित्तीय अवस्थातर्फ, १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्म फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

हाल कम्पनीसँग ३० करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३० रुपैयाँ १३ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij