२०८३ साउन ९ शनिबार

नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा गृहमन्त्री गुरुङको चासो, १५ दिनभित्र सडक सक्ने ठेकेदारको वाचा

ई आर्थिक    मंगलबार, बैशाख १ २०८३
1.8K
Shares
नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा गृहमन्त्री गुरुङको चासो, १५ दिनभित्र सडक सक्ने ठेकेदारको वाचा

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराउनुभएको छ।

मन्त्री गुरुङले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सडक निर्माणमा भएको ढिलासुस्तीका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको तथा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताउनुभयो।

उहाँले यस अवस्थाको शीघ्र अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।

गृहमन्त्री गुरुङले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै निर्माण कार्यमा कुनै पनि प्रकारको लापरबाही नगर्न सचेत गराउनुभयो।

यसैबीच, ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij