काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा लाई दिइएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसद ऐन महर का अनुसार, ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा उक्त निर्णयबारे जानकारी गराइएको हो।
बैठकमा अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्म पार्टीको नेतृत्व थापाले सम्हाल्ने जानकारी गराएका थिए।
अध्यक्ष ओलीलाई जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको थियो।