काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमकोबीच सार्वजनिक गरिएको छ। परम्परागत रूपमा प्रकाशित हुने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो।
महत्वपूर्ण चाडपर्वहरू, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंग्रेजी संवतको मितिहरू लगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ। नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृति सम्वद्धन तथा निरन्तरता प्रदान गर्न सक्षम पुग्ने विश्वास बैंकले लिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै, नेपाली जनताको घरदैलोमा विगत ३१ वर्षदेखि अनवरत रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकहरू रहेका छन्।