काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनिविक–२०२६’ अन्तर्गत मिति २०८२ चैत्र ०२ गतेदेखि विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ।
बैंकले यस कार्यक्रममार्फत सूक्ष्म, साना र मझौला उद्यम सञ्चालन गर्ने ४७ जना व्यवसायीहरूलाई वित्तीय सेवासम्बन्धी आवश्यक प्रक्रिया तथा कागजात सम्बन्धी जानकारीसहित वित्तीय संस्थाबाट वित्तपोषण प्राप्त गर्नुपर्ने योग्यताहरूको बारेमा जानकारी प्रदान गरेको छ। उक्त कार्यक्रम होटल अनुत्तरा, बौद्धमा एक दिने स्वरूपमा सञ्चालन गरिएको थियो।
प्रभु बैंकले नेपालभरका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मुल नाराका साथ बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ।