२०८३ साउन १२ मंगलबार

मुग्लिन-पोखरा सडक अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटरमा काम पूरा

ई आर्थिक    मंगलबार, चैत्र ३ २०८२
2.3K
Shares
मुग्लिन-पोखरा सडक अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटरमा काम पूरा

तनहुँ।  मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा भएको छ।

निर्माण कम्पनीले उक्त खण्ड सोमबार सरकारलाई हस्तान्तरण गरेको छ। यो सडक बजार क्षेत्रमा ६ र ग्रामीण भेगमा ४ ‘लेन’मा विस्तार भएको छ।

आगामी पाँच वर्षसम्म सडकको मर्मत सम्भार निर्मातामा कम्पनीले गर्ने सडक विस्तार आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

एसियाली विकास बैंकबाट ६ अर्ब ३१ करोड रुपैयाँ ऋण लिएर यो सडक विस्तार गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij