नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार खनाल ४५ हजार २४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पराजित गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कांग्रेसका चौधरीले ९ हजार ५०२ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गरेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।