सिन्धुली : सिन्धुली जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ। क्षेत्र नम्बर १ बाट धनेन्द्र कार्की र क्षेत्र नम्बर २ बाट आशिष् गजुरेल निर्वाचित भएका हुन्।
सिन्धुली क्षेत्र नम्बर १ मा कार्कीले १६ हजार ६ सय ५४ मत प्राप्त गर्दै जीत हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कटुवालले १५ हजार ८ सय ६५ मत पाएका छन्। यसैगरीका नेपाली काँग्रेसका उज्जल बरालले १५ हजार ५ सय ५० मत प्राप्त गरेका छन्।
त्यस्तै, सिन्धुली क्षेत्र नम्बर २ मा गजुरेल १७ हजार ९ सय ४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहाल ‘राजन’ले १४ हजार ७ सय ८० मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा एमालेका मनोजजंग थापाले ११ हजार ६ सय ६ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७ सय ६० मत प्राप्त गरेकी छन्।
निर्वाचन अधिकृतहरूले दुवै निर्वाचन क्षेत्रका विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गर्दै औपचारिक रूपमा विजयी घोषणा गरेका थिए। विजयी बनेका दुवै प्रतिनिधिसभा सदस्यले देशमा सुशासन कायम गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।