२०८३ भाद्र २९ सोमबार

गुल्मी–१ बाट रास्वपाका सागर ढकाल निर्वाचित, एमालेका ज्ञवाली तथा कांग्रेसका भण्डारी पराजित

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.1K
Shares
गुल्मी–१ बाट रास्वपाका सागर ढकाल निर्वाचित, एमालेका ज्ञवाली तथा कांग्रेसका भण्डारी पराजित

काठमाडौं।  प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल निर्वाचित भएका छन्।  ढकालले  २९,६४२ मत प्राप्त गर्दै विजयी भएका हुन्।

प्रतिनिधि सभा निर्वाचनमा ढकाल पहिलोपटक निर्वाचित भएका हुन्। यसअघि २०७९ को निर्वाचनमा उनले डडेलधुराबाट प्रतिस्पर्धा गरेका थिए तर सफलता हासिल गर्न सकेका थिएनन्।

गुल्मी–१ मा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्द्र भण्डारी ले १३,५०५  मत प्राप्त गरे भने नेकपा (एमाले) का प्रदीप ज्ञवाली ले १५,१८१मत ल्याए। यस्तै, नेकपाका सुदर्शन बराले ३१६७ मत प्राप्त गरेका छन्।

ढकालको यस जीतले रास्वपाको प्रदेशीय प्रभावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij