२०८३ साउन १२ मंगलबार

रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल भारी मतान्तरसहित विजयी, पूर्वअर्थमन्त्री पौडेलसँगको मतान्तर ४३ हजार ६८९

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.1K
Shares
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल भारी मतान्तरसहित विजयी, पूर्वअर्थमन्त्री पौडेलसँगको मतान्तर ४३ हजार ६८९

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन आयोग नेपालका अनुसार खरेलले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विष्णु पौडेल लाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्। खरेलले कुल ५६ हजार ५५० मत प्राप्त गरेका छन्।

त्यस्तै एमालेका पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेस का उम्मेदवार चुन्नप्रसाद पौडेल ले ९ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार सुभाष पाण्डे ले १ हजार ४०९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij