२०८३ साउन ११ सोमबार

श्रम संस्कृति पार्टीका आरेन राई ३,७६६ मतसहित अग्रस्थानमा, काँग्रेसका विरकाजी राई पछ्याउँदै

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
1.6K
Shares
श्रम संस्कृति पार्टीका आरेन राई ३,७६६ मतसहित अग्रस्थानमा, काँग्रेसका विरकाजी राई पछ्याउँदै

खोटाङ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङमा जारी मतगणनामा श्रम संस्कृति पार्टी का उम्मेदवार आरेन राई ३,७६६ मतसहित अग्रस्थानमा रहेका छन्।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई का अनुसार उनका निकटतम प्रतिस्पर्धी विरकाजी राईले ३,३५१ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार देवविक्रम राईले २,७२९ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार हरि रोकाले १,५२५ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुद्र गिरीले १,२८५ मत पाएका छन्। बाँसुरी राष्ट्रिय परिवर्तन पार्टीउज्यालो नेपाल पार्टी का साझा उम्मेदवार मिरेश राईले २७६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जाँतो राकेश राईले ६९ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदाता रहेका छन्। तीमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij