२०८३ भाद्र २९ सोमबार

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.6K
Shares
मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ  निर्वाचित

मनाङ । नेपाली कांग्रेसका टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्। त्यस्तै रामबहादुर घलेले ९ मत प्राप्त गरेका छन्।

यससँगै नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा दोस्रो जित हात पारेको छ। यसअघि मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।

मनाङबाट गुरुङको जितसँगै हिमाली जिल्लामा नेपाली कांग्रेसको उपस्थिति थप बलियो बनेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij