काठमाडौं । काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा करेन्ट मार्ट (Current Mart) को औपचारिक उद्घाटन गरिएको छ। नेपाली बजारमा चटपटे र स्वादिलो नुडल्स का लागि लोकप्रिय बनेको ‘करेन्ट नुडल्स’ का निर्माता यसोदा फुड्स प्रालिले आफ्नो सफल आउटलेट सञ्जाल ‘करेन्ट मार्ट ’ काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सुरु गरेको हो ।करेन्ट मार्टको उद्घाटन माघ १८ गते भएको थियो ।
करेन्ट मार्टले उपभोक्ताहरूलाई छिटो सेवा, आकर्षक वातावरण र फरक स्वादसहितका विविध खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। आधुनिक अवधारणामा आधारित मार्टले गुणस्तरीय उत्पादन र सहज किनमेल अनुभवलाई प्राथमिकतामा राखेको छ।
नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित यस ’करेन्ट मार्ट’ को भव्य उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए । साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिए र
उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतले विशेष उपस्थिति थियो। साथै, यस समारोहमा ग्राहक तथा शुभचिन्तकहरुको पनि राम्रै उपस्थिति रहेको थियो।
यस नवनिर्मित ’करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सकिन्छ । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले “भैरहवाका उपभोक्ताहरूले ’करेन्ट मार्ट’ लाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ। उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न बताए ।

उद्घाटन अवसरमा आयोजक पक्षले करेन्ट मार्टको ब्रान्ड दृष्टिकोण, उत्पादन विविधता तथा सेवा प्रणाली सार्वजनिक गर्दै उपभोक्तासँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

करेन्ट फुड्सको यस नयाँ पहलले बानेश्वर क्षेत्रको खुद्रा व्यापारमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ। कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले मार्टको वातावरण, सेवा र उत्पादनबारे अवलोकन गरेका थिए।
करेन्ट मार्टले आगामी दिनमा काठमाडौंका अन्य स्थानहरूमा पनि आफ्नो सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । विशेषगरी पिरो र चटपटे स्वादका पारखी युवापुस्ता माझ लोकप्रिय करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो स्वादको अनुभव दिने अपेक्षा कम्पनीले लिएको छ।
