२०८३ साउन ११ सोमबार

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

ई आर्थिक    बिहिबार, पौस १७ २०८२
2.7K
Shares
एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ। तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एक करोड ६८ लाख रुपैयाँको लागतमा एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण भएको छ ।

सभाहल दुई सय सीट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ ।

वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij