काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको छ।
बैंकले कुल १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ, जसको कुल मूल्य १४ करोड ३९ लाख रुपैयाँ रहेको छ। न्यूनतम १० र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
जसको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। आईपीओ आवेदन पुस २० गतेसम्म दिइन सक्नेछ र पर्याप्त आवेदन नपरेमा अवधि पुस ३० गतेसम्म लम्बिनेछ। ल
गानीकर्ताले सि–आस्बा प्रणाली वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।