२०८३ साउन ११ सोमबार

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

ई आर्थिक    बिहिबार, पौस १० २०८२
3K
Shares
महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट । कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको छ। विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमअन्तर्गत सो सडक स्तरोन्नति गरिने भएको हो।

सो कार्यका लागि कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरईपी) अन्तर्गतको प्रदेशीय परियोजना व्यवस्थापन इकाइ (पीपीएमयू) वीरेन्द्रनगर, सुर्खेतले गत सोमबार बोलपत्र आह्वान गरेको छ।

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका-८ को सेराबाडादेखि महावै गाउँपालिकाको मुकाम पान्तडीसम्मको ६ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए।

महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि दैलेखको महावु गाउँपालिकाबाट पनि सडक निर्माण भइरहेको अध्यक्ष सिंहले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij