२०८३ साउन ९ शनिबार

‘सौन्दर्य व्यवसायले महिलाको सुन्दरतासँगै आर्थिक स्वतन्त्रताको बलियो बनाउँछ’

ई आर्थिक    शनिबार, मंसिर २७ २०८२
4.1K
Shares
‘सौन्दर्य व्यवसायले महिलाको सुन्दरतासँगै आर्थिक स्वतन्त्रताको बलियो बनाउँछ’

ई–आर्थिक, काठमाडौं । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग अन्योन्याश्रित भएकाले यस क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

ललितपुरको कुमारीपाटीमा शुक्रबार आयोजित कार्यक्रमका वक्ताहरूले सौन्दर्य व्यवसायले देशकै अर्थतन्त्रमा योगदान पुर्याएकाले यस क्षेत्रको प्रवर्द्धनका लागि सबै क्षेत्रको सहयोग आवश्यकता रहेको औँल्याए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र सीमित गर्न नहुने बताउँदै यस व्यवसायलाई जनजीविकासँग जोडेर हेर्नुपर्ने बताइन्। उनले सौन्दर्य व्यवसायसँग सम्बन्धित उद्यमशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।

पूर्वमिस नेपाल रुबि राणाले सौन्दर्य व्यवसायले बेरोजगारी न्यूनीकरण, महिलामा आत्मनिर्भरताको प्रवर्द्धन र सीप विकासमा सहयोग पुर्याएकाले यो क्षेत्र महिलाको क्षमता विकाससँग गाँसिएको बताइन्। उनले यस क्षेत्रलाई महिलाको आर्थिक सशक्तीकरणको पाटोबाट पनि हेरिनुपर्ने बताइन्।

सौन्दर्य क्षेत्रलाई व्यसाय बनाएर सफल उद्यमी बन्नुभएकी ब्युटीसिएन चिनु गुरुङले ‘गुरुङ ब्युटीपार्लर तथा ब्युटी एकेडेमी’ को ३०औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको कुमारीपाटीमा नयाँ शाखा विस्तार गरिएको जानकारी दिइन्। उनले नेपालको अग्रणी सौन्दर्य सेवा तथा तालिम प्रदायक संस्थाले व्यवसाय प्रवर्द्धनमात्र नभइ महिलाको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको दाबी गरिन्।

सन् १९९५ मा स्थापना भएको उक्त संस्थाले विगत तीन दशकदेखि सौन्दर्य सेवा तथा तालिममार्फत सयौंलाई रोजगारी प्रदान गर्दै आएको छ। संस्थाले सीपमूलक तालिममार्फत युवा तथा महिलालाई उद्यमशीलतामा समाहित गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij