२०८३ साउन ११ सोमबार

एन आई सी एशिया बैंकको लकर सेवामा १५ प्रतिशतको विशेष छुट सुविधा

ई आर्थिक    शुक्रबार, मंसिर १९ २०८२
1.9K
Shares
एन आई सी एशिया बैंकको लकर सेवामा १५ प्रतिशतको विशेष छुट सुविधा

काठमाडौं। एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा राख्न सहयोग पुर्‍याउने उद्देश्यले लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ।

बैंकले निश्चित अवधि लागि मात्र लागू हुने यस योजनाअन्तर्गत पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत विशेष छुट प्रदान गर्ने घोषणा गरेको हो।

बैंकका अनुसार ग्राहकहरूले लकर सुविधा लिएर आफ्नो मूल्यवान् वस्तु तथा महत्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्। मुलुकभर रहेका १५० वटा बैंक शाखाहरूमा ग्राहकको आवश्यकता अनुसार विभिन्न आकारका लकर सेवाहरू उपलब्ध गराइएका छन्।

बैंकले ल्याएको छुट योजना मार्फत ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल र सहुलियत हुने विश्वास बैंकले व्यक्त गरेको छ।

लकर सेवाबारे थप जानकारीका लागि नजिकको बैंक शाखा वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij