२०८३ भाद्र ३० मंगलबार

नबिल बैंकलाई ८ प्रतिशत अविमोच्य अग्राधिकार शेयर जारी गर्न सेबोनको स्वीकृति

ई आर्थिक    शुक्रबार, मंसिर ५ २०८२
2.8K
Shares
नबिल बैंकलाई ८ प्रतिशत अविमोच्य अग्राधिकार शेयर जारी गर्न सेबोनको स्वीकृति

ई-आर्थिक, काठमाडौं ।  नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रक्रियामा महत्वपूर्ण प्रगति गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट औपचारिक स्वीकृति प्राप्त गरेको छ।

बैंकले प्रस्ताव गरेको ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न सेबोनले मंसिर ५ गते अनुमति दिएको हो।

स्वीकृति पाएसँगै नबिल बैंकले अंकित मूल्य रुपैयाँ १०० का दरले ५ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गर्ने तयारी गरेको छ।

उक्त शेयरको पूँजी व्यवस्थापन तथा बिक्रीको जिम्मा एनआईसी एशिया क्यापिटलले सम्हाल्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij