२०८३ साउन १० आइतबार

कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् : महासचिव पोखरेल

ई आर्थिक    शनिबार, साउन १७ २०८२
4.8K
Shares
कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन् : महासचिव पोखरेल

ई–आर्थिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेर काम गर्नुपर्ने बताएका छन्। रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका हुन्।

‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ। महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताए।

‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ। औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन। कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्,’ उनले भने, ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन्।’

महासचिव पोखरेलले नेपाल चर्चा गरिएको जस्तो गरिब मुलुक नभएको उल्लेख गर्दै नेपालको सामथ्र्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेको उनको भनाइ थियो। महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेको बताए।

फेडेरेशनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij