ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। आज (शुक्रबार) पनि सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको थियो। त्यो दिन छापावाल सुन १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आज चाँदी प्रति तोला ३५ रुपैयाँले घटेर २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबार २ हजार २७० रुपैयाँ थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य घटबढले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारिरहेको छ। मूल्य घटेसँगै उपभोक्ताहरूले अस्थायी राहत महसुस गरे पनि कारोबार सुस्ताएको व्यवसायीहरूको भनाइ छ।