ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायम रहेको छ । केहीदिनदेखि सस्तिदै आएको सुनको मूल्य फेरि बढ्न थालेको छ । आज बजारा सुन प्रतितोल १४ सयले बृद्धी भएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जानकारी दियो ।
आइतबार तोलामा ११ सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँले घटेको थियो।
बजारमा आज सुन प्रतितोला एक लाख ९४ हजार चारसय रूपैयाँ कारोबार भैरहेको छ । मंगलबार प्रतितोला एक लाख ९३ हजार रूपैयाँमा कारोबार महासंघले बतायो ।
आज चाँदीको मूल्य पनि आज प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय १० रूपैयाँ रहेको छ भने मंगलबार चाँदी प्रतितोला दुई हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।