२०८३ साउन १० आइतबार

क्लासिक टेकको ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वजनिक

ई आर्थिक    बिहिबार, साउन १ २०८२
2.4K
Shares
क्लासिक टेकको ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वजनिक

ई–आर्थिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १६औं वार्षिकोत्सवका अवसर पारेर ग्राहकलाई ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वाजानिक गरेको छ ।

इन्टरनेट टीभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइने कम्पनीले जानकारी दिएको छ । ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाइ छ ।

सन् २००९ मा औपचारिक रूपमा स्थापना भएको कम्पनी क्लासिक टेकले हालसम्म देशका मुख्य सहर लगायत ७४ जिल्लामा एफटीटीएच र वायरलेस विस्तार गरी तीव्र गतिको उच्चस्तरीय इन्टरनेट तथा इन्टरनेट टीभी (आईपी टिभी) सञ्चालन गरी १ सय ४ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त (आईपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाइफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डेलिभरी नेटवर्क कम्पनीमै होस्ट भएकाले थप गुणस्तरीय र विश्वसनीय सेवा सञ्चालनमा कम्पनी अग्रसर रहेको जनाएको छ ।

यस्तै कम्पनीले ३ सय ६५ दिन ग्राहक सेवा, २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij