२०८३ साउन १० आइतबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, असार १९ २०८२
1.7K
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । विगत तिनदिन देखि सुनको मूल्य उकालो लाग्न थालेको छ ।

गत मंगलबार २४ सय रुपैयाँ तथा बुधबार १२ सय रुपैयाँले बढेको सुन आज पनि प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बतायो ।

बजारमा सुन प्रतितोला एक लाख ९२ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेको छ ।

बजारमा चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला दुई हजार १७० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij