ई–आर्थिक, काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाललाई काठमाडौंको अनामनगरबाट प्रहरीले पक्राउ गरेको छ । आज शुक्रवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ ।
इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएपछि उनलाई सोधपुछको लागि पक्राउ गरिएको सो स्रोतको भनाई छ । पक्राउ पछि उनसँग यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।