२०८३ साउन १२ मंगलबार

उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी, १७ सदस्यीय कार्यसमितिमा को–को ?

ई आर्थिक    मंगलबार, असार ३ २०८२
6K
Shares
उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी, १७ सदस्यीय कार्यसमितिमा को–को ?

ई–आर्थिक, काठमाडौं । उद्योग संगठन मोरङको जेष्ठ ३० र ३१ गते सम्पन्न भएको ५२औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि नन्दकिशोर राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला र कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यमा सौरभ सारडा, बीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दिपक अग्रवाल, सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भएका छन ।

संगठनको विद्यान अनुरुप नवनिर्वाचित अध्यक्षले १ जना महिला समेत ३ जना कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान अनुसार सदस्यमा प्रतिक राउत, पारस गोल्छा र महिला सदस्यमा किरण ब्यासलाई अध्यक्ष नन्दकिशोर राठीले मनोनयन गरेका छन ।

संगठनको नवनिर्वाचित १७ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij