२०८३ भाद्र २९ सोमबार

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाधान्न सामग्री वितरण

ई आर्थिक    शुक्रबार, जेष्ठ २३ २०८२
4.2K
Shares
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाधान्न सामग्री वितरण

ई-आर्थिक, काठमाडौं ।  सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले काठमाडौँ जिल्लाको मैत्री सेवा आश्रममा खाधान्न सामग्री वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाधान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरेका थिए ।

हाल यस आश्रममा ३० जना आश्रित आमा बुबाहरुले सेवा लिदै आइराख्नु भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको छ । यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ ।

भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

देशभर १६९ शाखा सञ्जाल रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij