प्रबलजंग पाण्डे
सरकारले अध्यादेश मार्फत केही ऐनमा संसोधन गर्नु निजी क्षेत्रको लागि निकै स्वागत योग्यछ । तर के यसले लगानी बिस्तार गरेर अर्थतन्त्र चययमान गर्छ त ? अर्थतन्त्र चलायमान हुन चाहिने पहिलो सर्त भनेको बजार बिस्तार हो , हाम्रो सन्दर्भमा बजार बिस्तार भन्दा बजार सकुचन भैरहेको हो । आन्तरिक बजार संकुचन हुदा हाम्रो कोशिश निर्यातमा हुन जरुरी छ । के यी ऐन ससोधन ले निर्यात गर्न मद्दत गर्छ ? के निर्यात हुन सक्ने बस्तु वा सेवा को लागत कम गर्न मद्दत गर्छ ।
केही हद सम्न गर्ने देखिन्छ । जस्तै बिशेष आर्थिक क्षेत्र मा उद्योग स्थापन गर्न पाउने प्रावधान ले उद्योगी ले महगो जग्गा मा उद्योग राख्नु पर्ने बाध्यता बाट मुक्त भएका छ , बिशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्दा स्थानिय झन्झटमा कमी आउने छ । सुचना प्रबिधि क्षेत्र लाई पनि यस ऐन ससोधन ले उत्साहित नै बनाएको छ ।
।
हाम्रो समस्या लगानी नभएर हैन माग भन्दा कयौ गुणा बदी लगानी भएर हो । अब हामी केही बिशेष क्षेत्र लाई मात्र फोकस गर्दा होला । ४० लाख पर्यटक लाई सुबिधा दिने होटल बनायौ तर पर्यटक आगमन १० बर्ष अगाडी १० लाख अहिले ११ लाख । पर्यटक बृद्दी गर्ने राष्ट्रिय ध्वजाबाहक अब जहाज खरिद गर्नै नसक्ने अवस्थामा पुग्यो । के अब नेपाल बायु सेवा लाई पीपीपी मोडलमा सन्तुलन गरेर जहाज थप गरेर पोखरा र भैरहवामा सेवा बिस्तार गर्नु पर्यो कि त नीजि क्षेत्र लाई अन्तराष्ट्रिय क्षेत्र मा सेवा बिस्तार गर्न प्रोत्साहन गर्नु पर्यो । जसले नेपाल को पर्यटक आगमन ४० ५० लाख पुर्याउन सकोस ।
अर्को कृषिमा नीजि क्षेत्रलाई कसरी प्रोत्साहन गर्ने भनेर अहिले सम्म खाका तयार गर्न सकेका छैनौ । कृषिमा अरग्यानिक फारमिङ गरेर तरकारी र फलफुल बिदेश निर्यात गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ । यस्ता बिदेश निर्यात हुन सक्ने क्षेत्र पहिचान गरी त्यस क्षेत्र मा नीजि क्षेत्र र सरकार एक जुट भएर अगाडी बढदा बिकास सम्भव छ । जे होस सरकार ले राम्रो सुरुवात गरेको मा सरकार लाई धन्यवाद ॥
नेपालमा विकास र काम नभएको भन्न मिल्छ र ?