ई–आर्थिक, काठमाडौं । क्लासिक टेकले सन २०२५ लागेसँगै १२ मा १२ ग्राहकमुखी योजना सार्वजानिक गरेको छ । यो योजना अनुसार अब क्लासिक टेकका ग्राहकहरुले ७५ एम. बी. पि. एस इन्टरनेट टी.भी. जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टी.भी. चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो ।
क्लासिक टेक देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी हो ।
कम्पनीका अनुसार इन्टरनेट टि. भी. जडानमा ग्राहक हरुको तीब्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर, ७५ एम बी पि एसमा इन्टरनेट आइपी टी. भी.प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५० मा टी. भी. च्यानलको पर्न आउने छ । साथै राउटर र सेटटप टप बक्स समेत निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ ।
उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनीले जनाएको छ । थप जानकारीको लागि सम्पर्क नं. ९८०१००६६३३ मा कल गर्न अथव कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरि जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।